१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

नुवाकोटको तारकेश्वरमा भिरबाट लडेर एकको मृत्यु

२४ साउन, काठमाडाैँ । नुवाकोटको तारकेश्वर गाउँपालिका–५ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङको कल्लेरीडाँडास्थित भिरबाट लडेर शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

फाइल तस्वीर

उहाँका अनुसार बहिनीको घरमा जाँदै गरेका उनको भिरबाट लडेपछि उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । शव परीक्षणका लागि आज बिहान त्रिशूली अस्पतालमा ल्याइएको छ ।

प्रकाशित मिति : August 8, 2020 at 4:14 pm