शुक्रबार ४६४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २२ हजार २१४ पुग्याे
२२ साउन, काठमाडाैँ । शुक्रबार ४६४ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शुक्रबार थप ४६४ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार २१४ पुगेकाे छ । सक्रिय संक्रमितकाे संख्या ६ हजार ३३० रहेकाे छ ।

पछिल्लाे २४ घण्टामा ४२५ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १५ हजार ८ सय १४ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७० जना पुगेकाे छ । ६ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।
प्रकाशित मिति : August 7, 2020 at 4:29 pm



