भारतमा कोरोनाका कारण प्राविधिक शिक्षा मन्त्रीको निधन
१८ साउन, काठमाडाैँ । भारतमा कोरोना संक्रमणका कारण एक मन्त्रीको निधन भएको छ। काेराेना संक्रमणका कारण उत्तर प्रदेशकी प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको निधन भएको बिबिसी हिन्दीले जनाएको छ।

उनलाई गत जुलाई १८ तारिखमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको छ।
प्रकाशित मिति : August 2, 2020 at 11:32 am









