१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

कोरोना सङ्क्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ६ लाख ७० हजार नाघ्यो

१५ साउन, जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७० हजार ५४८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार बिहीबारसम्म विश्वभरीमा एक करोड ७२ लाख ३ हजार ९७३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड ७ लाख १९ हजार १०४ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ५८ लाख १४ हजार ३२१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३९६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

फाइल फाेटाे

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख ६८ हजार ३७५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५३ हजार ८४५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ३९ लाख ५२ हजार ४४० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३९ हजार ७८१ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५३ लाख ६० हजार २०० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २६ हजार ८३ जनाको मृत्यु भएको छ । युरोपमा २८ लाख ४० हजार ३४३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ३४६ को मृत्यु भएको छ । एशियामा ४१ लाख ३७ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९४ हजार १९४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख ९५ हजार १५७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ९०८ जनाको मृत्यु भएको छ ।ओसियानामा १८ हजार ३२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १६:०४