रामकुमारी झाँक्रीलाई हैसियत सम्झाउँदै राईले भनेः ९७ मत ल्याएर शान्दार चौँथो कसरी हुनुभयो ?
६ साउन, काठमाडाैँ । अनेरास्ववियूका पूर्व नेता राजकुमार राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की समानुपातिक सांसद रामकुमारी झाँक्रीको हैसियत सम्झाउने कोशिश गरेका छन । पछिल्लो समय सामाजिक सञ्जालमा एकदमै कम देखिने राईले मंगलबार भने झाँक्री माथि चोटिलो प्रहार गरेका छन । झाँक्रीले लेखेका विषय पछिल्लो पटक सामाजिक सञ्जालमा विवादित बन्दै अाएका छन ।
उनले सांसद झाँक्रीको विगत सम्झाउँदै भनेका छन ‘मलाई राम्रोसँग थाहा छ कुनै एक निर्वाचन जित्दैमा उ नेता हुन सक्दैन र पराजित हुने पनि नेता बन्न सक्छ । तर #यतिवेला वैचारिक,सैद्धान्तिक र संघर्षको उममा दिएर यो व्यवस्था ल्याउन उहाँहरूको मात्रै योगदान छ भनेर जुन रटान र स्तुतिगान गाइएको छ त्यसको लागि विगत फर्किन म अनुरोध गर्दछु ।’

राईले सांसद झाँक्रीको नाम उल्लेख नगरी अघि भनेका छन ‘त्यस्तो व्यक्ति पद्म कन्या बहुमुखी क्साम्पस बागबजारमा #२०५५ सालको स्ववियु निर्वाचनमा #३ वटा संगठन निर्वाचन लड्दा पहिलो हुनेले १४००, दोस्रो हुनेले ९०० र उहाँले #१०४ मात्र कसरि ल्याउनु भयो त्यसैगरि #२०५७ सालको निर्वाचनमा #४ वटा लड्दा #९७ मत ल्याएर सान्दार चौथो कसरी हुनुभयो ?’
उनले अघि थप लेखेका छन ‘जो क्यामपसमा पढ्ने विध्यार्थी चेतनाको हिँसावले पनि उन्नत नै हुन्छ । हो त्यसैले अहिले पाएको र लिएको पद थोरै व्यक्तिको र धेरै पार्टीको हिस्सा रहेको कुरा कसरी विर्सन सकेको हो भन्या ? हस्त धन्यवाद ?’ राई रत्न राज्य लक्ष्मी क्याम्पसका पूर्व स्ववियू सभापति ।
प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार २२:०७












