६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

भारतमा एकै दिन काेराेना संक्रमितकाे संख्या ३२ हजार ५०० पुग्याे


१ साउन, नयाँदिल्ली ।  भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।


त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६०६ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २४ हजार ९१५ पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ३१ हजार १४६ रहेको छ भने ६ लाख १२ हजार ८१५ जना संक्रमणमुक्त भइसकेका छन् ।

भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ संक्रमितको संख्या २ लाख ७५ हजार ६४० पुगेको छ । तीमध्ये १० हजार ९२८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा १ लाख ५१ हजार ८२० संक्रमित हुँदा २ हजार १६७ जनाको मृत्यु भएको छ । केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि १ लाख १६ हजार ९९३ जना संक्रमित भएका छन् भने ३ हजार ४८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार १३:५४