कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द
१० असार, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका जुम्लाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिएका छन् । काेराेना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरू क्वारेन्टाइन र आइसोलेसनमा बसेकाकाहरूकाे हेरचाहामा खटिएका थिए ।

उनिहरूका काेराेना संक्रमण पुष्टि भएपछि बुधबार प्रतिष्ठानमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र अन्य कर्मचारीको पीसीआर परीक्षण गरिँदै छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै पोजेटिभ सबैको अवस्था सामान्य भएको जनाएको छ ।
प्रकाशित मिति : June 24, 2020 at 11:25 am



