८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

स्याङ्जा र नवलपुरमा थपिए २० जना काेराेना संक्रमित

८ असार, पोखरा । स्याङ्जा र नवलपुरमा २० नयाँ संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा २० नयाँ केस भेटिएको हो । साेमबार भेटिएकामध्ये स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना रहेका छन् ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गाउँपालिकाका ६ वर्षिय बालिका र ५० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै, ७ वर्षिया ३ बालकसहित ३०, ३१, १६, ३८ र ३० वर्ष उमेरका पुरुषमा कोरोना पुष्टि भएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपुरमा बौदीगाउँपालिकाका ८ संक्रमितमध्ये २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्ष उमेर समुहका रहेका छन् । यो सँगै गण्डकीमा कुल संक्रमित संख्या ५४० पुगेको छ ।

प्रकाशित मिति : June 22, 2020 at 8:02 am