आइतबार ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ९ हजार नाघ्याे
७ असार, काठमाडाैँ । नेपालमा काेराेना संक्रमितकाे संख्या ९ हजार नाघेकाे छ । आइतबार एकैदिन ४२१ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार आइतबार थप ४२१ जनामा संक्रमण देखिएको हाे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ९०२६ पुगेकाे छ । पछिल्लो २४ घण्टामा १९४ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म १७७२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या २३ जना पुगेकाे छ । हालसम्म ७५ जिल्लामा काेराेना संक्रमण फैलिएकाे छ ।
प्रकाशित मिति : June 21, 2020 at 4:28 pm



