८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२५६ पुग्याे

७ असार, सुर्खेत । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार ११ जनामा कोरोना पुष्टि भएको हो ।


थपिएका काेराेना संक्रमितमध्ये सल्यानका ६ जना, दैलेखका २ जना , सुर्खेतका २ जना र रुकुम पश्चिमका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरेका छन् । योसँगै कर्णालीमा संक्रमितको संख्या १२५६ पुगेको छ ।  कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या ५३१ पुगेको छ । हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : June 21, 2020 at 2:35 pm