६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

नुवाकोटमा नेकपाका नेतासहित १० भिआइपी जुवाडे पक्राउ

६ असार, नुवाकोट । नुवाकोटमा नेकपाका नेतासहित १० जुवाडे पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी अविनारायण काफ्लेले १० जना जुवाडे नगदसहित पक्राउ परेको पुष्टि गरेका छन । जुवाडेहरूकाे साथबाट नगद एक लाख भन्दा बढी रकम समेत बरामद गरिएको छ ।

तस्बीरमाः नेकपाका नेता पदम उप्रेती ।

प्रहरीका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको एक होटलमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा बैंकका कर्मचारी, नेता, शिक्षक लगायतका रहेका छन ।

पक्राउ पर्नेमा नेकपा नुवाकोटका नेता एवं गैरसरकारी संस्थाका अभियन्ता पदम उप्रेती, नुवाकोट बट्टार क्याम्पसका शिक्षक ठाकुर पुडासैनी, प्रभु बैंकका शाखा प्रबन्धक दिपक सिंखडा लगायत रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए ।

(नेपाल टेलिकमका कर्मचारीको नाम भुलवश प्रयोग भएकोमा सच्याइएको छ ।-सम्पादक)

प्रकाशित मिति : June 20, 2020 at 7:27 pm