शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको निधन
६ असार, काठमाडाैँ । शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको निधन भएकाे छ । जोशीको शनिबार ८९ वर्षको उमेरमा निधन भएको हाे । विभिन्न रोगबाट पिडीत उनको शनिबार दसउँसाे २ः४५ बजे काठमाडाैँकाे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पारिवारीक स्रोतका अनुसार जोशीको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बांगिएको थियो । तीन सातादेखि छातीमा समस्या देखिएको कारण जोशी अस्पताल भर्ना भएकी थिइन् । आज नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टी गरिने बुझिएको छ ।
प्रकाशित मिति : June 20, 2020 at 5:19 pm





