८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नाबालिकामाथि बलात्कारकाे प्रयास गरेकाे आरोपमा १ जना पकाउ

६ असार, राेल्पा । नाबालिकालाई करणी प्रयासको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका वडा नं ७ का ३८ वर्षीय पुरुष आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् । उनीविरुद्ध नाबालिकाका आफन्तले गत जेठ ३२ गते प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुभयो ।

फाइल फाेटाे

प्रहरी निरिक्षक केसीका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र रिपोर्ट आउन बाँकी छ । नाबालिकाको अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : June 20, 2020 at 2:55 pm