शुक्रबार ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ८२७४ पुग्याे
५ असार, काठमाडाैँ । शुक्रबार एकैदिन ४२६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शुक्रबार थप ४२६ जनामा संक्रमण देखिएको हाे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ८२७४ पुगेकाे छ । पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म १४०२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या २२ जना पुगेकाे छ ।
प्रकाशित मिति : June 19, 2020 at 4:30 pm





