८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

टोखा नगरपालिकाले शुरु गर्याे रेडियो पाठशाला

५ असार, काठमाडौँ । टोखा नगरपालिकाले एफएममार्फत कक्षा सञ्चालन शुरुआत गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले बन्दाबन्दी जारी रहेपछि बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन कक्षा सञ्चालन गरेको हो । नगरपालिकाका शिक्षा शाखाप्रमुख बाबुराम गौतमले नगरपालिका–१ स्थित फूलबारी डाँडामा रहेको हरपल एफएममार्फत कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । कक्षा ९ र १० का विद्यार्थीलाई बिहान र कक्षा ८ र ९ का विद्यार्थीलाई बेलुका कक्षा सञ्चालन गरेको छ । उक्त कक्षालाई ‘रेडियो पाठशाला’को नाम दिइएको छ ।

बिहान ७ देखि ७ः३० सम्म कक्षा १०, ७ः३० देखि ८ सम्म कक्षा ९, साँझ ५ देखि ५.३० सम्म कक्षा ८ र ५ः३० देखि ६ बजेसम्म कक्षा ७ को कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा सञ्चालन गरेबापत नगरपालिकाले उक्त एफएमलाई मासिक रु एक लाख दिने भएको छ । यसका अतिरिक्त नगरपालिकाका विद्यार्थीलाई दैनिक तीन घण्टासम्म व्यस्त बनाउन काठमाडौँ महानगरपालिकाबाट सञ्चालित मेट्रो एफएम, नेपाल टेलिभिजनबाट सञ्चालित कक्षा लिन आग्रहसमेत गरेको छ । नगरपालिकामा आठ सामुदायिक, ८४ संस्थागत र ३५ मन्टेश्वरी विद्यालय सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : June 19, 2020 at 4:25 pm