कृष्ण पहाडीलाई नसुहाएको प्लेकार्ड ! ‘युद्ध अपराध हो’ भन्ने चीनले मात्र जान्नुपर्ने कि भारतले पनि ?
५ असार, काठमाडौँ । सधैँ पहेँलो बस्त्रमा देखिने मानवअधिकारवादी कृष्ण पहाडी भाषण कलामा उत्कृष्ट छन । उनले भन्ने खोजेको कुरा सर्वसाधरणले समेत बुझ्ने भाषामा धाराप्रवाह रूपमा व्यक्त गर्न सक्छन । मावनअधिकारकर्मीको अगुवाको उपमा पाएका कृष्ण पहाडीले स्थापना गरेको मानवअधिकार तथा शान्ति समाजको बिहीबार काठमाडौँमा एउटा प्रदर्शन गर्यो ।
प्रदर्शनमा विभिन्न नामका प्लेकार्ड बोकेका आफूलाइ मानवअघिकारवादी भनेर चिनाउन चाहनेहरूको समूह थियो । त्यही समूहमा समाजका संस्थापक पहाडी पनि रहेका थिए । उनले विभिन्न प्लेकार्ड बेकेर फोटो सेसन गराएका छन । तर उनको एउटा फोटो भने विवादित बनेको छ ।

विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा पहाडीमाथि प्रश्न गर्दै चीनः युद्ध अपराध हो (चाइनाः वार इज क्राइम) लेखेको प्लेकार्ड बोकेको तस्बीर भाइरल बनाएका छन । लद्दाखमा चीन र भारतका सेनाहरूको बीचमा भएको झडपमा २० भारतीयको मत्यु भएको समाचारपछि प्ले कार्ड बोकेर सडकमा निस्किएका पहाडीमाथि यस्तो प्रश्न उठेको हो ।
जानकारहरूले त्यस्तो प्लेकार्डमा दुबै देशको नाम लेखेर युद्ध भनेको अपराध हो भनेर प्रदर्शन गरेको भए निष्पक्ष मान्न सकिने भन्दै यो गलत कदम भएको बताएका छन । उनीहरूले पहाडी जस्तो व्यक्तिले दुबै देशको झडपको विषयमा प्लेकार्ड बोकेर सडकमा निस्किदाँ चीनलाइ मात्र सवक सिकाउने खालको सन्देश बोक्नु गलत भएको बताएका छन । उनीहरूले शान्तिलाई विस्तार गर्न माग गर्दै भारतीय र चिनियाँ राजदूतावास अगाडि धर्ना दिएका छन् । भारत र चीनबीच सीमा विवाद चर्किदै गएको र दुई देशका सेना बीच भीडन्त हुँदा युद्ध बढ्ने सम्भावनालाई रोक्न माग गर्दै उनीहरुले विहीबार दूतावास अगाडि धर्ना दिएका थिए ।
प्रकाशित मिति : June 19, 2020 at 1:07 pm





