७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

महासंघद्धारा स्वास्थ सुरक्षाको मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आग्रह

५ असार, काठमाडौँ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यवसाय सञ्चालन गर्दा स्वास्थ सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ।विज्ञप्ति जारी गर्दै महासंघले सरकार र विश्व स्वास्थ संगठनले बनाएको कोभिड-१९ बाट बच्ने मापदण्ड पालन गर्न आग्रह गरेको हो।

कोरोनाका संक्रमित दिनदिनै बढ्दै गइरहेकाले सबै व्यवसायीलाई संक्रमणको जोखिम मुल्यांकन गर्न अनुरोध गरेको छ। महासंघका अध्यक्ष नरेश कटुवालले धराशायी बन्न लागेको देशको अर्थतन्त्र जोगाउन पनि उद्योग-व्यवसाय खोल्नैपर्ने अवस्था रहेको बताए। तर, व्यवसाय सञ्चालन गर्दा सबैले सुरक्षा सतर्कता अपनाउनुपर्ने अध्यक्ष कटुवालले बताए।

प्रकाशित मिति : June 19, 2020 at 1:05 pm