७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

गण्डकी प्रदेशमा ५ स्वास्थ्यकर्मी सहित ३२ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ३ सय ८० पुग्याे

५ असार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा  कोरोना संक्रमण पुष्टि भएकाे छ । तनहुँमा १७ जना, बागलुङमा १० जना र पर्वतमा ५ जनामा कोरोना पुष्टि भएकाे हाे । तनहुँको घिरिङ नगरपालिकामा  १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ ।बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी १ महिलामा कोरोना संक्रमित थपिएको प्रदेश स्वास्थ निर्देशनालयले पुष्टि गरेको छ ।

पर्वतको कुश्मा नगरपालिकाका ३ जना पुरूष र २ महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । सबैकाे स्वास्थ अवस्था सामान्य रहेकाे छ। संक्रमित सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन् । आजमात्र गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।

प्रकाशित मिति : June 19, 2020 at 11:55 am