नुवाकाेटमा थप २ जनामा काेराेना संक्रमण पुष्टि
४ असार, काठमाडाैँ नुवाकाेटमा थप २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार नुवाकाेटका २ जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । याेसँगै नुवाकाेटमा काेराेना संक्रमितकाे संख्या १५ पुगेकाे छ । जसमध्ये ३ जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : June 18, 2020 at 4:31 pm





