बिहिबार ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ७८४८ पुग्याे
३ असार, काठमाडाैँ । बिहिबार एकैदिन ६७१ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहिबार थप ६७१ जनामा संक्रमण देखिएको हाे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ७१७७ पुगेकाे छ । पछिल्लो २४ घण्टामा १९ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म ७८४८ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या २२ जना पुगेकाे छ ।
प्रकाशित मिति : June 18, 2020 at 4:26 pm





