७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

भारतीय नाकाबाट क्वारेन्टिनसम्म यात्रु बोक्ने बस चालकको कोरोना संक्रमणका कारण मृत्यु

३ असार, धनगढी । भारतीय नाकाबाट क्वारेन्टिनसम्म यात्रु बोक्ने बस चालकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत बस चालक कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो । उनको मृत्युबारे अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले पुष्टि गरेका छन ।

फाइल फाेटाे

अस्पतालले ती पुरूषको राति ८ः५२ मा मृत्यु भएको जनाएको छ । मृत्यु भएका पुरूष गोदावारी नगरपालिका-४ निवासी रहेका छन । पुरूषमा गत जेठ ३२ गते संक्रमण पुष्टि भएको थियो । सुरूमा धनगढीको एक निजी अस्पतालमा भर्ना भएका उनलाई संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा राखेर उपचार सुरू भएको थियो । उनले नाकाबाट मानिसलाई क्वारेन्टिन स्थलसम्म बसमा पुर्याउने काम गरेका थिए।

प्रकाशित मिति : June 17, 2020 at 10:17 pm