७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

प्रधानसेनापति थापा र सशस्त्र आजीपी खनाल अतिक्रमित सीमा क्षेत्रको निरीक्षणका लागि प्रस्थान

३ असार, काठमाडाैँ । प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आइजी शैलेन्द्र खनाल कालापानी क्षेत्रकाे निरिक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको आउट पोस्ट (बिओपी) निरीक्षण गर्न प्रधानसेनापति थापा र आईजी खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

फाइल फाेटाे

नेपाली सेनाको हेलिकप्टरमार्फ उनीहरु दुवै जना त्यसतर्फ प्रस्थान गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनीहरुले दार्चुलाको छाङरुमा स्थापना भएको सशस्त्रको बीओपी र घाँटीबगरमा स्थापना भएको सेनाको अस्थायी बेस क्याम्पको निरीक्षण गर्नेछन् । भारतले नेपाली भूमी मिचेर सडक बनाएपछि सेनाको अस्थायी बेस र सशस्त्रको बिओपी त्यस क्षेत्रमा स्थापना गरिएको थियो।

प्रकाशित मिति : June 17, 2020 at 10:54 am