नुवाकाेटमा फेरि थपिए ३ जना काेराेना संक्रमित
२ असार, काठमाडाैँ । नुवाकोटका थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरूमा तारकेश्वर गाउँपालिकाका २१, २५ र २९ बर्षिय पुरुषहरु रहेका छन । भारतबाट आएर तारकेश्वर गाउँपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाईनमा रहेका उनीहरुकाे हेटौँडाकाे पिसिआर ल्याबमा गरिएको परिक्षणबाट काेराेना रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे । याेसँगै नुवाकोटमा कुल १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये ३ जना निकाे भएर घर फर्किएका छन् ।


प्रकाशित मिति : June 16, 2020 at 7:28 pm





