७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

चीन र भारतको सीमा लद्दाखमा झडप, भारतीय सेनाका कर्णेलसहित तीन जनाको मृत्यु

२ असार, काठमाडाैँ । चीन र भारतको सीमा लद्दाखमा झडप भएको छ । दुइ देशका सैनिकको बीचमा भएको झडपमा भारतीय सेनाका कर्णेलसहित तीन जनाको मृत्यु भएको छ ।  लद्दाखको गलवान उपत्यकमा दुई देशका सैनिकबीच झडप भएको भारतीय सेनाले दाबी गरेको छ ।

सोमबार राति चिनियाँ सेनासँग लामो समय झडप भएको भारतीय सेनाको मुख्यालयले जनाएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ । झडपमा गोली हानाहान भने नभएको र ढुंगामुढा प्रयोग भएको भारतीय सेनाले जनाएको छ ।  झडपमा दुवैतर्फ मानवीय क्षति भएको भारतीय सेनाले दाबी गरे पनि के कति क्षति भएको भन्ने केही खुलेको छैन । झडप भएको स्थान चीन र भारतको विवादित भूमि हो ।

प्रकाशित मिति : June 16, 2020 at 3:00 pm