गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, थपिएका संक्रमित मध्ये १० जना गोरखाका
२ असार, काठमाडाैँ । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छ । भारतबाट फर्किएर विभिन्न जिल्लाका क्वारेन्टिनमा रहेका पुरुषहरूमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले बताएका छन् । थपिएका संक्रमितहरु गोरखामा १० जना , स्याङ्जामा ४ जना , पूर्वी नवलपरासीमा २ जना, कास्कीमा १ जना र बाग्लुङमा १ जना रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ। थपिएका संक्रमितहरुमध्ये स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका पुरुष रहेका छन्। यस्तै गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९ र २५ वर्षका पुरुष र ३१ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ। यसैगरी गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ । यस्तै पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका १ जना १८ वर्षका र मध्यविन्दु नगरपालिकाका १ जना१९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी गरेको निर्देशक शर्माले बताएका छन् । उनका अनुसार हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ रहेकाे छ भने २० जना निको भएर घर फर्किएका छन्।
प्रकाशित मिति : June 16, 2020 at 9:07 am




