साेमबार एकैदिन ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६ हजार नाघ्याे
१ असार, काठमाडाैँ । साेमबार ४५१ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप ४५१ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६२११ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा डिस्चार्ज हुनेकाे संख्या ६७ रहेकाे छ । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । जसमध्ये अहिलेसम्म १९ जनाको मृत्यु भएकाे छ । कुल ७३ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : June 15, 2020 at 4:26 pm





