७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

नागढुंगा नाकामा थप कडाइ, पास नभएकाहरू धमाधम फर्काउँदै प्रहरी

१ असार, काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय भए लगत्तै नाकाहरुमा चेकजाँचमा थप कडाइ गरिएको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीहरुले सवारी पास नभएका दुई पांग्रे तथा चार पांग्रे गाडीहरुलाई फर्काउँदै छन् । काठमाडौँ उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने सरकारले निर्णय गरेको छ ।

काठमाडौँ उपत्यका बाहिर भएकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको थियो ।

गृह मन्त्रालयको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ । जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन्छ ।

प्रकाशित मिति : June 15, 2020 at 11:22 am