पर्वतमा पहिरोले पुरिएर मृत्यु भएकाप्रति राष्ट्रियसभाका अध्यक्षद्वारा दुःख व्यक्त
३२ जेठ, पोखरा । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लामा अविरल वर्षासँगै कुश्मा नगरपालिका–३ दुर्लुङ ढकलबारीमा शनिबार राति आएको पहिरोले पुरिँदा जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले आज विज्ञप्ति जारी गरी घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । पहिरोमा परिवार गुमाउने तथा प्रभावित परिवारको तुरुन्त उद्धार, राहत, पुनःस्थापना तथा जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सरकार तथा सम्बद्ध अधिकारीलाई अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति : June 14, 2020 at 2:47 pm





