७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

नेपाली कांग्रेसका नेता एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु

३२ जेठ, परासी। स्कार्पियो दुर्घटनामा परी नेपाली कांग्रेसका नेता एवं नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियो गाडी दुर्घटना हुन पुगेको हो ।


उनी सवार गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्छ्मी नगरको पुलमा ठोक्किएर खोलामा खसेको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनको नजिकको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका भने चालक घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : June 14, 2020 at 1:09 pm