७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

कालापानीसहितको नयाँ नक्साको खुशीमा नुवाकोटका युवाले यसरी गरे दीपप्रज्वलन (फोटोफिचर)

-प्रशान्तजंग पाण्डे

३१ जेठ, नुवाकोट । प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि नुवाकोटमा राष्ट्रवादी युवाहरूले खुशीयाली मानाएका छन । सडकमै लिपुलेक,लिम्पियाधुरा र कालापानीसहितको नक्सा बनाएर उनीहरूले खुशी मनाएका हुन ।

प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधि सभाको सनिबार बसेको बैठकले नेपालको सविधान दोश्रो संशोधन विधेयक २०७७ लाई दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावलि अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले पाएको यो खुशी र परिवर्तन युगयुगसम्म सम्झना हुनेछ । यसका निम्ति राष्ट्रिय सहमति जुटाउनका लागि प्रधानमन्त्रीले गरेका पहलकदमी र प्रयासहरू पनि सधैँसधैँका लागि सुरक्षित भएका छन । कालापानीसहितको नयाँ नक्सा जस्तै गरी भारतले अतिक्रमण गरेको भूमि पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा फिर्ता हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : June 13, 2020 at 7:44 pm