७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

भारतीय योजनामा ओली सरकार ढाल्न कसिएका हरिबोल गजुरेसहित ११ सांसद अनुपस्थित

३१ जेठ, काठमाडाैँ । शनिबारको प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै एक महत्वपूर्ण सांसद अनुपस्थित रहे । नेकपाका सांसद हरिबोल गजुरेलसहित ११ जना शनिबारको महत्वपूर्ण बैठकमा गएनन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न भारतीय दूतावासका कर्मचारीसँग बैठक गरेको अभियोग लागेका गजुरेलसहित अन्य ११ जना शनिबारको बैठकमा अनुपस्थित रहेका छन ।

अन्य सांसदको भन्दा पनि गजुरेलको अनुपस्थितिलाइ भने शंकाको दृष्टिकोणले हेरिएको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर तयार पारिएको नयाँ नक्सा अनुसारको निशान छाप बनाउनका लागि संविधान संशाेधन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम शनिबारका लागि राखिएको थियो । यद्यपी ११ सांसद अनुपस्थित भएपनि संसदको दुइतिहाइ भन्दा बढी मतले संशाेधन विधेयक सर्वसम्मत पारित भएको छ ।

शनिबार बैठकमा सांसदहरु अमृता देवी अग्रहरी, गोपाल बहादुर बम , दुलारी देवी खत्वेनी , धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी , हरि बोल गजुरेल , ज्ञान कुमारी छन्त्याल अनुपस्थित रहे । सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी , मोहम्मत अफ्ताब आलम जेलमा , बिजय कुमार गच्छदार निलम्बित छन् । सरिता गिरी बैठक बहिष्कार गरि बाहिर निस्किएकी थिइन ।

प्रकाशित मिति : June 13, 2020 at 7:22 pm