वीरगञ्जमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि
३१ जेठ, काठमाडौँ । वीरगञ्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक युवकको नाम, थर, ठेगाना खुलेको छैन । मृतक युवकककाे शव अहिले नारायणी अस्पतालमै राखिएको छ।

जेठ २८ गते वेवारिसे अवस्थामा युवकको शव घण्टाघर क्षेत्रमा भेटिएको बताइएकाएकाे छ। युवकको मृत्युपछि कोरोना पुष्टि भएकोबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको अस्पतालले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।
प्रकाशित मिति : June 13, 2020 at 10:06 am





