सरिता गिरीको घरमा आक्रमण गरेकाे अभियोगमा उनकै कार्यकर्ता हेमराज थापा पक्राउ
३० जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा आक्रमण गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनता समाजवादी पार्टीको विद्यार्थी संगठनका सचिव हेमराज थापा रहेका छन् । उनलाई महानगरीय प्रहरी परिसरको टोलीले शुक्रबार न्युरोडबाट पक्राउ गरेको हो।

पुहरीका अनुसार सांसद गिरीको विशालनगरस्थित घरमा बुधवार साँझ भएको आक्रमण र तोडफोडमा संलग्नमध्ये थापालाई पक्राउ गरिएको हो। गिरीको घरमा हुलहुजज्त गर्नेमध्ये जनता समाजवादीको विद्यार्थी संगठनका सचिव हेमराज थापासहितको भिडियो पनि बाहिरिएको थियो। जनता समाजवादीले बिहीबार विज्ञप्ति निकालेर गिरीको घरमा आक्रमण गर्नेमाथि कारवाहीको माग गरेको थियो। गिरीले नयाँ नक्साविरुद्ध संशोधन दर्ता गराएपछि जनआक्रोश बढिरहेका बेला घरमा आक्रमण भएको थियो।
प्रकाशित मिति : June 12, 2020 at 8:10 pm





