नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १६ पुग्याे
३० जेठ, काठमाडाैँ । नेपालमा कोरोनाकाे संक्रमणबाट १६ औं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका ५७ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जिल्लाको मालारानी क्वारेन्टाइनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

योसँगै नेपालमा मृतकको संख्या १६ पुगेको छ । जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए । उनको अर्घाखाँचीमै अन्तेष्टि गरिने भएको छ ।
प्रकाशित मिति : June 12, 2020 at 4:47 pm





