कर्णाली प्रदेशमा शुक्रबार थपिए ८३ जना कोरोना संक्रमित
३० जेठ, काठमाडाैँ । कर्णाली प्रदेशमा शुक्रबार थप ८३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ । संक्रमितमध्ये निको भएर घर फर्किनेको संख्या प्रदेशमा ८२ पुगेको छ ।

प्रकाशित मिति : June 12, 2020 at 4:16 pm





