नुवाकाेटमा थप १ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ८ पुग्याे
३० जेठ, काठमाडाैँ । नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा तादी गाउँपालिकाको खरानिटारका ३४ वर्षिय पुरूषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित व्यक्तिलाई हाल खरानिटार अस्पतालको आइसोलेसनमा राखिएको र उनको अवस्था सामान्य रहेको छ । योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । जसमध्ये १ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : June 12, 2020 at 3:02 pm





