७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

पतौरा स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर बर्खास्त

३० जेठ, रौतहट । कोरोना  संक्रमणको बेला जिम्मेवारीपूर्ण कार्यसम्पादन नगरेको भन्दै रौतहटको मौलापुर नगरपालिका डा. हरिशंकर प्रसाद बर्खास्त गरेको छ । पतौरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. हरिशंकर प्रसादलाई सेवाबाट हटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताका छन् । करार सेवामा कार्यरत डाक्टर हरिशंकर प्रसादले आफ्नो जिम्मेवारी पूरा गर्न  नसकेकाे आरोप लगाउँदै नगरपालिकाले लिखित स्पस्टीकरणको माग गरेको थियो ।

फाइल फाेटाे

तर हरिशंकरले स्पष्टीकरणको वास्ता नगरेको मौलापुर नगर कार्यपालिकाको आरोप छ । स्पष्टीकरण बेवास्ता गरेपछि नगर कार्यपालिका बैठकको निर्णय अनुसार उनलाई बर्खास्त गरिएको प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताए ।  प्रशासकीय अधिकृत साहका अनुसार उनको करार अवधि असार मसान्तमा सकिँदै थियो । तीन महिनाअघि मात्रै उनलाई मेडिकल अधिकृतको रुपमा नगरपालिकाले करारमा नियुक्ति गरेको उनले बताए ।

पछिल्लो समय रौतहट कोरोनाको इपिसेन्टर बन्दै गएको छ । रौतहटमा ५३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १०२ जना निको भएर घर फर्किएका छन ।

प्रकाशित मिति : June 12, 2020 at 1:17 pm