भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि नारायणपुर नाकामा झडप, एक जनाको मृत्यु
३० जेठ, वीरगञ्ज । शुक्रबार बिहान सर्लाहीको नारायणपुर नाकामा भारतीयहरूले सशस्त्र प्रहरीको हतियार खोसेपछि गोली चलेको छ। भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलिनसकेको प्रहरीले जानकारी दिएकाे छ ।

घटनामा भारतीय पक्षका २ जना र सशस्त्र प्रहरीका ३ जना घाइते भएका छन् । भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्टमा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीले जनाएकाे छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड हवाई फायर गरेकाे छ । प्रहरीकाे हतियार खोस्ने भारत सितामढीका ४५ वर्षीय लगन राम पक्राउ परेका छन्।
प्रकाशित मिति : June 12, 2020 at 11:58 am





