गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १८८ पुग्याे
३० जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतमा १३ जना , स्याङ्जामा २२ जना तनहुँमा १ जना र पूर्वी नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेका छन् ।

काेराेना संक्रमितहरु सबै पुरुष रहेका छन् । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : June 12, 2020 at 9:09 am




