रेस्टुरेन्टहरु खाेल्न दिने सरकारकाे निर्णय, होटल र नाइट क्लब तत्काल नखुल्ने
२८ जेठ, काठमाडौँ । सरकारले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाएको हो । त्यसअनुसार पहिलो २१ दिने योजना सार्वजनिक भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला गर्न दिइनेछ । होटल तथा नाइट क्लबहरु भने खुल्ने छैन ।
प्रकाशित मिति : June 11, 2020 at 6:24 pm





