बिहिबार एकैदिन २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४६१४ पुग्याे
२९ जेठ, काठमाडौँ । बिहिबार एकैदिन २५० जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहिबार थप २५० जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४६१४ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८६१ पुगेको छ । जसमध्ये अहिलेसम्म १५ जनाको मृत्यु भएकाे छ । कुल ७२ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : June 11, 2020 at 4:20 pm





