धादिङमा बिहिबार थपिए ७ जना कोरोना संक्रमित
२९ जेठ, काठमाडौँ । धादिङमा ७ जनामा कोरोना संक्रमित थपिएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा बसेका ७ जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हाे । उनीहरू सबैजना १२ दिनअघि भारतबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए ।

वडा नं १ सल्यानटारको क्वारेन्टिनमा रहेका एक जना र वडा नं ६ कालिन्चोकको क्वारेन्टिनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूको जेठ २१ र २४ गते स्वाब संकलन गरेर पठाइएको थियो । संक्रमित व्यक्तिलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिने जनाइएकाे छ ।
प्रकाशित मिति : June 11, 2020 at 3:09 pm





