७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

लिम्पियाधुरा र लिपुलेक नेपालको हैन भन्ने सांसद गिरी नयाँ नक्साविरुद्ध, दर्ता गराइन् छुट्टै संशोधन

२८ जेठ, काठमाडाैँ । लिम्पियाधुरा र लिपुलेक नेपालको हैन भन्ने जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयक माथि संशोधन दर्ता गराएकी छिन्। सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउने विधेयक संसदमा दर्ता गराएको छ।

सांसद सरिता गिरीले उक्त विधेयकमा संशोधन दर्ता गराउँदै स्रोत र प्रमाण नखुलाएकाले हटाउनुपर्ने प्रस्ताव गरेकी छिन्। सरकारले नेपालको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची ३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको हो।

गिरीले उक्त संशोधनमाथि संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन्। गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भूभाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी छिन्। प्रतिनिधि सभा बैठकमा संशोधन विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरले गिरीको टिप्पणीको विरोध जनाएका थिए।

प्रकाशित मिति : June 10, 2020 at 5:31 pm