७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सपना हजार बोकेकी छु रहर छैन आजै मर्न

-बिस्मीता पाैडेल

कतिन्जेल हो अब अझै मुखौरोले मुख थुन्ने
मनमा अनेक डर त्रासको माकुराझैँ जाल बुन्ने

हिड्दा हिड्दै जिन्दगी नै भासिन्छ झैँ डर लाग्यो
डरलाई पर पन्छाएर कर्म गर्न करै लाग्यो

आमाको पिर एकातिर बुवाको मन सधैँ खाली
कस्तो पेशा गर्यौ छोरी सधैँ हेला सधैँ गाली

आफ्नो ख्याल गर भन्दै आफन्तले फोन गर्दा
कसको मन नरुँदो हो दुधे बच्चा घरमा छोड्दा

धसिएकिछु उसैगरी बिरामीको सेवा गर्न
सपना हजार बोकेकिछु रहर छैन आजै मर्न

त्यसैले त …….
बिन्ती गर्छु हजुर सँग राेग चिन्न लेट नहाेस्
सुरक्षित भइ घरमै बसाैँ अस्पतालमा भेट नहाेस्
सुरक्षित भइ घरमै बसाैँ अस्पतालमा भेट नहाेस् ।।।

(पाैडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स हुनुहुन्छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा राख्नु भएको कविता यहाँ प्रकाशित गरिएको हो ।)

प्रकाशित मिति : May 28, 2020 at 5:50 am