भारतमा घर फर्किन लागेका मजदुरहरुलाई रेलले किच्यो, १६ जनाको मृत्यु
२६ वैशाख, काठमाडाैँ । भारतमा घर फर्किरहेका मजदुरहरुलाई रेलले किच्दा १६ जना मजदुरकाे मृत्यु भएकाे छ । महाराष्ट्रको औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा उक्त घटना घटेकाे हाे ।
शुक्रबार बिहान बिहान साढे ५ बजेतिर नान्डेदबाट मनमान जान लागेको पेट्रोलिय पदार्थ बोकेको रेलले उनीहरूलाई किचेको हो। नजिकैको अर्को जिल्ला जल्नाको स्टिल कम्पनीमा काम गर्ने ती मजदुरहरू लकडाउनले काम बन्द भएपछि घर जान हिँडेका थिए।

मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए । लकडाउनका कारण भारतमा रेल यातायात बन्द रहे पनि मालवाहक रेल सञ्चालन भइरहेको छ । ती मजदूरले आफू हिँडेको बाटोमा रेल सञ्चालन नहुने ठानेरै लिकलाई सिरानी बनाएर ढुक्कले सुतेको हुन सक्ने बताइएकाे छ ।
प्रधानन्त्री माेदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रकाशित मिति : May 8, 2020 at 11:43 am









