३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

पाकिस्तानमा कोरोनाभाइरसबाट झण्डै १९ हजार सङ्क्रमित


२१ वैशाख, इस्लामावाद । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा सङ्क्रमितको संख्या झण्डै १९ हजार पुगेको छ । पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १८ हजार ८०९ जना सङ्क्रमित भएका हुन् । त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४३२ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

फाइल फाेटाे

पछिल्लो विवरण अनुसार पञ्जाब प्रान्तमा छ हजार ८५४ जना, सिन्धमा सात हजार १०२ जना, केपीमा दुई हजार ९०७ जना र बालुचिस्तानमा एक हजार १७२ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ जना स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । तीमध्ये १५ जना त चिकित्सक नै रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आईतवार १८:११

https://srdb.com.np/