आशा लघुवित्तको २ लाख ८४ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
२५ चैत, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २ लाख ८४ हजार ३९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ कायम गरिएको छ । बिक्रीमा राखिएको सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बनेपामा रहेको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन पेश गर्नु पर्नेछ ।
साथै, निर्धारित समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।
प्रकाशित मिति : 10:24













