५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अाइपिएलः चेन्नईविरुद्ध दिल्लीको जित, सन्दिप स्टाइलिस प्लेयर अफ् द म्याच घोषित

५ जेठ, काठमाडौँ । नेपाली युवा बलर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिगको दोस्रो खेलमा नै स्टाइलिस प्लेयर अफ् द म्याच घोषित भएका छन् । चेन्नई सुपर किंग्सलाई ३४ रनले हराउने क्रममा सन्दिपले एक विकेट लिएका छन ।

१६३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सलाई १२८ रनमा समेट्न सन्दीपले ५.२५ को औसतमा २१ रन दिए । ४ ओभर बलिङ गर्दै सन्दिपले सुरेश रैनाको विकेट लिएका थिए ।

सुरेश रैना र महेन्द्रसिंह धोनीको साझेदारीलाई तोड्न सफल सन्दिपले चार ओभरमा १० बल डट गराउन सफल भए । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली डेरडेविल्सले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार ०८:०३