११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

राप्रपाबाट सरस्वती लामा उपसभामुखको उम्मेदवार

२६ चैत, काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र सांसदहरू खुश्वु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

 

संघीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

प्रकाशित मिति : April 9, 2026 at 2:02 pm