२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

अमेरिकाले ग्रीन कार्ड रोक्यो, ग्रीन कार्ड पाइसकेकाले परिवारको सदस्य लान नपाउने


११ वैशाख, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीन कार्ड जारी गर्ने प्रक्रिया रोकेका छन । उनले तत्काललाई ६० दिनसम्मका लागि ग्रिन-कार्ड अर्थात् स्थायी आवासको स्वीकृति रोक्नेसम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन्। यो निर्देशनसँगै ग्रिनकार्ड पाएकाले परिवारका अरु सदस्यलाई अमेरिका छिराउने प्रक्रियामा पनि रोक लाग्ने भएको छ ।

अमेरिकी नागरिकले कोरोना महामारीका कारण रोजगारीको अवसरबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको ह्वाइटहाउसले जनाएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङ्गको क्रममा अर्थतन्त्र खुलेपछि अमेरिकीहरुलाई रोजगारीमा प्राथमिकता दिनका लागि ग्रिनकार्ड सेवा रोकेको बताइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार ०९:१३